काठमाडौँ, कात्तिक १३ गते । भारतीको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणलाई दिएको स्वीकृतिलाई नवीकरण गरेको छ । २८३ मेगावाट विद्युत् निर्यात अनुमति नवीकरणका लागि स्वीकृति पाएको छ ।
भारतीय केन्द्रीय विद्युत् प्राधिकरणले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत् निर्यातका लागि दिएको स्वीकृतिलाई नवीकरण गरेको हो ।
नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धात्मक दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले विगतदेखि नै भारतको प्रसारण संरचनाको उपयोग गर्दै बङ्गलादेशमा समेत विद्युत् निर्यात गर्दै आएको छ । भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको प्राधिकरणले जनाएको छ ।
आईएक्समा बिक्रीको नवीकरण भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत् बिक्री गर्न स्वीकृति पाएका ४ आयोजनाको अनुमति नवीकरण भएको छ। ती आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण गरिएको छ।
उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आईएक्समा बिक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो। सबै आयोजनाको निर्यात गत मङ्गलबारबाट लागू हुने गरी करिब एक वर्षका लागि नवीकरण स्वीकृत भएको छ।
उर्जा मन्त्री कुलमान घिसिङे अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौँ सभामा सहभागी हुन भारतको नयाँ दिल्ली जानुभएको छ । सो भ्रमणका क्रममा भारतका विद्युत् मन्त्री मनोहरलाल खट्ठरसँग भेटवार्ता गर्नुभएको थियो । सो भेटमा मन्त्री घिसिङले विद्युत् निर्यातका लागि स्वीकृतिको प्रक्रियालाई सरलीकृत गर्न आग्रह गर्नुभएको थियो । मन्त्री घिसिङको आग्रह पछि नवीकरण गर्न स्वीकृत प्रदान भएको हो ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकृति दिएसँगै अब नेपालका चार आयोजनाहरुबाट उत्पादित विद्युत् भोलि शुक्रबारदेखि आइएक्समा समेत निरन्तर रुपमा बिक्री हुने भएको छ ।







