काठमाडौँ, असोज २६ गते । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजविन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । खोजविन समितिले आज आइतबार सरकारलाई पेश गरेको प्रतिवेदनमा करिब २४ सय रोपनी जग्गा हिनामिना तथा अतिक्रमण भएको सार्वजनिक गरेको हो ।

त्रिविको जग्गा अतिक्रमण भएको सूचना बाहिएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८१ जेठमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।
समितिले तात्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रतिवेदन बुझाएता पनि सार्वजनिक भने गरिएको थिएन ।