भासिएको सडक ।
काभ्रेपलाञ्चोक, असोज १९ गते । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्गको धुलिखेलको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । उक्त खण्डमा सडक भासिएपछि भकुण्डे–धुलिखेलको यातायात सञ्चालन अवरुद्ध भएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसरा धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिए पछि यातायात सञ्चालन अवरुद्ध भएको छ ।