साङ्केतिक तस्वीर
काठमाडौँ, असोज २ गते । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको कारण बन्दभएको नेपाली सेयर बजार पहिलो सर्किट ब्रेक भएको २० मिनेट पछि खुलेको कारोबार पुनः बन्द हुन पुगेको छ । नेप्सेमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको हो ।

सर्किट ब्रेक लागेकोले ४० मिनेटका लागि कारोबार स्थगित हुन पुगेको छ । कारोबार खुलेको २ मिनेट पनि पुग्न नपाउँदै नेप्सेमा ४ प्रतिशतले गिरावट भएपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको नेप्स बजार पुनः खस्केर कुल ५ प्रतिशत पुग्दा दोस्रो सर्किट ब्रेक भयो ।

दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक १३३.६१ अङ्कले अङ्क घटेर २५३८.६३ मा कायम भएको छ भने बैंकिङ, विकास बैंक, लगानी र जीवन बीमा समूह ५ प्रतिशतभन्दा धेरै घटेका छन् ।