प्रतिकात्मक तस्वीर
तनहुँ, भदौ ७ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले जनाए अनुसार नाम, थर र वतन नखुलेको अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।