फाइल तस्वीर
काठमाडौँ, भदौ ७ गते । अविरल वर्षाका कारण आएको पहिरोले काठमाडौँबाट हेटौँडा जोड्ने छोटो दुरीका दुवै सडक अवरुद्ध भएका छन् । पहिरोले कुलेखानी–हेटौँडा र कान्तीलोकपथ दुवै सडक अवरुद्ध भएका हुन् ।
कान्तीलोकपथ सडकअन्तर्गत मकवानपुरको भिमफेदि गाउँपालिका–८ भर्लेडाँडामा शुक्रबार साँझ पहिरो खस्दा यो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी गराएको हो । भिमफेदी गाउँपालिकाको बागझुरामा पनि बाढीपहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ । बागझोरास्थित बाँदरभिरमा गएराति करिब १० बजेतिर पहिरो खसेपछि सयौँ सवारी साधन रातभर सो क्षेत्रमा रोकिएका छन् ।
अवरुद्ध दुवै सडकको पहिरो आज बिहानैदेखि हटाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।







