प्रतिकात्मक तस्वीर
‎वीरेन्द्रनगर ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले नक्कली नेपाली नोट छाप्ने र लागुऔषध अफिमको कारोबार गर्ने एक ठुलो गिरोहलाई पक्राउ गरेको छ । एक गोप्य सूचनाको आधारमा प्रहरीले यो सञ्जाल तोड्न सफल भएको हो ।

गोप्य सूचनाको आधारमा प्रहरीले नोट छाप्न प्रयोग हुने विभिन्न उपकरण सहित करिब रु. १३ लाख नक्कली नोट र ३० किलोग्रामभन्दा बढी अफिम जस्तो देखिने पदार्थ बरामत गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीको जानकारी दिनुभयो । प्रहरीले सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलबाट अपरेशन सुरु गरेको बताइएको छ । प्रहरीले उक्त कार्यमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

‎प्रहरीका अनुसार यो अपरेसनको सुरुवात सोमबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१०, शान्ति टोलबाट भएको थियो । त्यसपछि अनुसन्धानको क्रममा प्रहरी टोलीले बाँकेको कोहलपुरसम्म पुगेर कोहलपुर नगरपालिका–११, न्यूरोडमा रहेको ’जनगर्जन नेटवर्क प्रालि नामक मिडिया हाउसमा छापा मार्दा नक्कली नोट छाप्ने कारखाना नै फेला पारेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ परेका सबैलाई हिरासतमा राखी खोटा मुद्रा र लागुऔषध (अफिम) सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

मिडिया हाउसको आवरणमा नक्कली नोट र अफिमको कालो धन्दा गर्नु आफैंमा गम्भीर विषय हो । पछिल्लो समय ठगी र भ्रष्टाचारमा समेत केही पत्रकारहरुको संलग्नता देखिन थालेकोले प्रेस काउन्सिल जस्तो निकायले समेत सञ्चारगृहहरुको अनुगमनमा कडाई गर्नुपर्ने देखिएको छ ।