काठमाडौँ, असार १ गते । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले संसद गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका मुख्य सचेतकहरूसँग छलफल गर्ने हुनुभएका छ । सभामुख घिमिरेले अहिले बिहान ९ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका प्रमुख सचेतक तथा सचेतकहरूलाई छलफलका लागि आह्वान गर्नुभएको हो ।
जेठ १३ गतेदेखि विपक्षी दलहरुले संसद अवरोध गर्दै आएका छन् । बैठकमा मुख्यतया संसद्को अवरोध खुलाउने र आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलको विषयमा छलफल हुने बताइएको छ ।