काठमाडौँ, असार १ गते । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा आज आइतबार बिहान ११:०० बजे बस्ने गरी बोलाइएको हो ।
आजको बैठकमा राष्ट्रियसभावाट उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ ।
यसैगरी आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्नुहुने सम्भावित कार्यसूचीमा रहेको संसद सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
