काठमाडौँ, जेठ २८ गते । सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो
जसअन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बिहान ११ः३० बजे बस्ने भएको छ । बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । सो बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।