काठमाडौँ, जेठ २७ गते । सङ्घीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सो बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ। बैठक आज दिउँसो १:०० बजे सिंहदरबारमा बस्ने भएको हो।बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने बताइएको छ।