फाइल तस्वीर
काठमाडौँ, जेठ २३ गते ।
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्ने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्ने छ भने राष्ट्रियसभाको बैठक दिउँसो १/१५ बजे बस्ने तय भएको हो ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने छ ।

यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।