फाइल तस्वरी
काठमाडौँ, जेठ २१ गते ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रका नेता एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अनुसन्धान गर्न उत्प्रेषणको आदेश दिएको छ । माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका पूर्वसभामुख सापकोटाविरुद्ध सर्वोच्चले अपहरण र ज्यान मार्ने मुद्दामा तीन थरी आदेश जारी गर्दै उत्प्रेषणको आदेश दिएको हो ।

काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले दायर गर्नुभएको रिटमा सर्वोच्चले सापकोटाविरुद्ध अनुसन्धान गर्न उत्प्रेषणको आदेश दिएको छ ।

द्वन्द्वकालमा नेकपा माओवादीबाट मारिएका काभ्रेका अर्जुन लामाकी पत्नी पूर्णिमायाले माओवादी केन्द्रका नेता सापकोटाविरुद्ध दायर गरिएको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको इजलासले उत्प्रेषण जारी गरेको छ । प्रहरीले अनुसन्धान गर्न लागेको मन्त्रिपरिषद्ले तामेलीमा राख्न निर्णय गरेपछि उक्त निर्णयविरुद्ध २०७९ मङ्सिर ७ गते पूर्णिमायाले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चले सापकोटाविरुद्ध अनुसन्धान हुने गरी उत्प्रेषणको आदेश जारी गरेको छ ।