काठमाडौँ, जेठ १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको हो ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक सचिवालय बैठक आज अपराह्न १ बजे र संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । बैठकमा पार्टी गतिविधि, पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामालगायतका विषयमा छलफल हुने बताइएको छ ।