फाइल तस्वीर
काठमाडौँ, जेठ १९ गते । सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच वार्ता सुरुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आन्दोलनरत यातायात व्यवसायीहरुवार्ता सुरु भएको हो ।

गृहमन्त्री रमेश लेखकसहित सरकारका प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच यातायात सुचारु गर्ने विषयमा वार्तामा छलफल भइरहेको छ ।

यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै यातायात सञ्चालन पूर्णरुपमा ढप्प पार्ने भन्दै पोखरामा आन्दोलनमा उत्रिएका थिए ।

यातायात व्यवसायीहरुले हिजो सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणाका छन् । आफ्ना मागहरु पूरा नभए देशव्यापी रुपमा आन्दोलन गर्ने व्यवसायीहरुले बताएपछि सरकारले आज व्यवसायीहरुसँग वार्तागरी यातायात सञ्चालन गर्न सहमतिको खोजी गरिरहेको छ । सार्वजनिक यातायातका सवारीसाधनहरु नचल्दा आज जनजीवन प्रभावित भएको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार सूचना जारी गर्दै सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने घोषणा गरेको थियो ।