फाइल तस्वीर
काठमाडौँ, जेठ १९ गते ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको बैठक बस्दैछ । काठमाडौँको नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको लोत्से हलमा आज सोमबार दिउँसो १ बजे बैठक बस्ने तय भएको हो ।


सङ्घीय संसदको संयुक्त बैठकमा यही जेठ १५ गते प्रस्तुत भएको बजेट र सासामयिक विषयमा छलफल हुने मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिनुभयो ।

पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा आजको परिस्थितिमा बजेट केकस्तो आउनु पथ्र्यो, कस्तो आयो भन्ने विषयमा विभिन्न पाटोबाट गहन छलफल र मन्थन गरिने उहाँले जानकारी दिनुभयो । त्यसबारे उपप्रधानमन्त्री एवंम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले विश्लेषणात्मक जानकारी गराउनुहुनेछ ।