फाइल तस्वीर
काठमाडौँ, जेठ १८ गते । वरिष्ठ लेखक तथा साहित्यकार गणेश रसिकको निधन भएको छ । लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी वरिष्ठ साहित्यकार ७८ वर्षीय रसिकको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा आज निधन भएको हो ।
विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित रसिककी छोरी बेलायत रहेकाले भोलि सोमबार मात्रै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको शव अहिले टिचिङ अस्पतालमा राखिएको छ ।