फाइल तस्वीर
काठमाडौँ, जेठ १८ गते । भारतमा कोरोना सङक्रमणको दर तीव्र गतिमा फैलिदै गएको छ । कोरोना सङक्रमण दर बढेकै कारण छिमेकी मुलुक भारतमा पछिल्ला केही दिन यता मात्रै २१ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
सञ्चार माध्यमले जनाए अनुसार भारतमा ३ हजार ७ सय ८३ जना सक्रिय सङक्रमित पुगेका छन् । पछिल्लो २ दिनमा मात्रै १ हजारभन्दा बढी नयाँ सङक्रमित थपिएको छन्। छिमेकी मुलुक र खुला सीमा भएका कारण भारतमा कोरोनाको सङक्रमण बढ्दै जाँदा स्वाभाविक रूपमा नेपालमा पनि जोखिम बढेको छ ।
गर्मी बढेसँगै कोरोना भाइरसको सङक्रमण बढ्दै जाँदा भारतीय सरकारले एकसूचना जारी गरी भीडभाड भएका ठाउँमा अनिवार्य रुपमा मास्क लगाउन, शारीरिक दूरी कायम राख्न र सरसफाइमा विशेष ध्यान दिन सम्पूर्ण जनमानिसहरूलाई आग्रह गरेको छ । टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र सास फेर्न गाह्रो भएमा तुरुन्तै स्वास्थ्य परीक्षण गर्न अनुरोध गरेको छ ।