काठमाडौँ, जेठ ३ गते । सत्तारुढ दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको लोल्से हलमा आज शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । काङ्ग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्ष २०८२/ २०८३ को बजेट विनियोजन विधेयकका सिद्धान्त लगायतका विषयमा छलफल हुने बताइएको छ ।