काठमाडौँ, वैशाख ३१ गते । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँबानेश्वरमा अहिले बिहान ११ बजे बाट प्रारम्भ भएको हो ।
आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ ।
यसैगरी आजको बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ पेस गरिने कार्यसूची रहेको छ ।
यसैगरी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।