काठमाडौँ, बैशाख ३० गते । सङ्घीय संसद अन्तर्गत विभिन्न दुई वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत आज पूर्वाधार विकास समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठक अहिले बिहान ९ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । सो बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।