काठमाडौँ, वैशाख २६ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ ।

pp