फाइल तस्वीरः प्रतिनिधिसभाको बैठक ।
काठमाडौँ, वैशाख २४ गते ।
प्रतिनिधिसभाको बैठक आज बुधबार पनि बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बजे बस्ने भएको हो ।


आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने सचिवालयले जनाएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि गत सोमबारदेखि छलफल निरन्तर चलिरहेको छ ।

आज अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन र सङ्घीयता सबलीकरण समितिका बैठक सदन प्रारम्भ हुनुअघि हुँदैछन् ।

यसैगरी राष्ट्रियसभाको बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । राष्ट्रियसभाको बैठक यही वैशाख २८ गते दिउँसो १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताउनुभयो ।