काठमाडौँ, वैशाख २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मिथिला संस्कृतिको संरक्षण र सम्वर्द्धन सबैको दायित्व रहेको बताउनुभएको छ । मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उहाँले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदरभाव हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुुभयो, “सीताप्रति हाम्रो आदरभाव त्यहीबेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।” उहाँले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताउनुभयो ।

मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चापरिचर्चा, विचार–मन्थन तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । सो अवसरमा राष्ट्रिय समाचार समिति ९रासस० की ललितपुर संवाददाता अर्चना झा र काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई ‘सीता’ उपाधिसहित सम्मान गरिएको थियो ।