काठमाडौँ, बैशाख १९ गते । आज बिहान १० बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । आज शुक्रबार बिहान १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक अन्तिम समयमा आएर स्थगित गरिएको हो ।


सिंहदरबारमा हुने भनिएको मन्त्रिपरिषद् बैठकसँगै नव नियुक्त राज्यमन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम पनि स्थगित भएको हो।


प्रधानमन्त्री ओलीको सचिवालयले दुवै कार्यक्रम स्थगित भएको जनाएको छ । तर मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।