काठमाडौँ, बैशाख १९ गते । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा आज बिहान १० बजे बस्ने भएको हो ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ । आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदैछ । सरकारको सिफारिसमा गत बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि पनि छलफल हुने बताइएको छ ।