काठमाडौँ, वैशाख १८ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
जसअनुसार पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो।
खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् छ।
यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
