काठमाडौँ, बैशाख १७ गते । सत्तारुढ दलको बैठक आज बस्दै छ । बैठक आज बुधबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायतका सत्तारुढ दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् ।
बैठकमा समसामयिक राजनैतिक घटनाक्रम, सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।