साङ्केतिक तस्वीर
काठमाडौँ, वैशाख १४ गते ।
आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।


बिहान ३ बजेर ६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गरेको केन्द्रले जनाएको छ । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको थियो ।