काठमाडौँ, वैशाख १३ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलको बैठक बस्दै छ । बैठक आज शनिबार दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, बर्खे अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ ।