काठमाडौँ, वैशाख १० गते । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का लागि उत्कृष्ट पाँच मनोनयनमा पर्न सफल फोटो पत्रकारहरूको नाम सार्वजनिक गरेको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत आठ विधामा उत्कृष्ट पाँच–पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

यसपटक अवार्ड आठ विधामा प्रदान गरिँदैछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटो पत्रकारिता समेटिएको छ । 

साथै, कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका फोटो पत्रकारहरूलाई पनि प्रदेशस्तरीय अवार्ड प्रदान गरिँदैछ । विधागत उत्कृष्ट पाँच मनोनयनहरू नेपाल टेलिकम दैनिक जीवन फोटो पत्रकारिता अवार्डमा हरि महर्जन, स्कन्द गौतम, दीपेन्द्र ढुङ्गाना, अभिषेक महर्जन र विजेन अमात्य छनोट हुनुभएको छ भने पञ्चकन्या ग्रुप महिला फोटो पत्रकारिता अवार्डमा देविका विष्ट, कविता थापा, मेनुका कार्की, रमिता छुँजु र सकुन्तला राना हुनुभएको छ । 

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स राजनीतिक फोटो पत्रकारिता अवार्डतर्फ अनिश रेग्मी, चन्द्रबहादुर आले, दीपेन्द्र ढुङ्गाना, गोपाल दाहाल र स्कन्द गौतम छनोट हुनुभएको छ भने डिसहोम इन्टरनेट खेलकुदतर्फतर्फ उदिप्त सिंह क्षेत्री, सफल केसी, साजन लामिछाने, सरोज नेपाल र सौरभ केसी छनोट हुनुभएको छ । 

त्यस्तै, कृषि विकास बैंक स्वतन्त्र फोटो पत्रकारिता अवार्डतर्फ अजय लेन्सम्यान, दिलीप वैद्य, शङ्कर भुजेल, राजिव हेन्गाजु र टेकबहादुर खड्का छनोट हुनुभएको छ भने एडभेञ्चर आउटडोर पर्यटन तथा संस्कृतिमा अम्बिर तोलाङ, अमित मचामासी, हरि महर्जन, मनोजरत्न शाही र सुशील श्रेष्ठ छनोट हुनुभएको छ । 

राष्ट्रिय वाणिज्य बैंक मनोरञ्जन फोटो पत्रकारिता अवार्डतर्फमा स्कन्द गौतम, सरोज राई, सागर बस्नेत, प्रेम थापा र अभिषेक महर्जन छनोट हुनुभएको छ भने ग्लोबल आइएमई बैंक आर्थिकमा दीपेन्द्र ढुङ्गाना, अम्बिर तोलाङ, चन्द्रबहादुर आले, स्कन्द गौतम र अभिषेक महर्जन छनोट हुनुभएको छ । 

प्रदेशस्तरीय उत्कृष्ट पाँच मनोनयनमा गुर्खाज फाइनान्स कोशी प्रदेश फोटो पत्रकारिता अवार्डतर्फ अर्जुन कुलुङ राई, गुरू ढकाल, नेत्र विमली, शरद् जोशी र सुजन बज्राचार्य छनोट हुनुभएको छ भने मधेस प्रदेशतर्फ अर्मेंद्रकुमार यादव, चन्द्रदेव साह दीवाकर भण्डारी, राम सर्राफ र तिवारी यादव छनोट हुनुभएको छ । 

त्यस्तै, ललितपुर महानगरपालिका बागमती प्रदेशतर्फ अमरदीप श्रेष्ठ, गणेश विष्ट, मिलन घिमिरे, नवीन पौडेल र उद्धवकुमार श्रेष्ठ छनोट हुनुभएको छ भने गण्डकी प्रदेशतर्फ विष्णु गौतम, खिम लामिछाने, किरण आचार्य, प्रेम थापा र सागर गिरी छनोट हुनुभएको छ । 

लुम्बिनी प्रदेशतर्फ जानु पाण्डेय, खगप्रसाद चापागाईं, माधवप्रसाद अर्याल, मनिष अर्याल र राज अधिकारी छनोट हुनुभएको छ भने रोयल इन्फिल्ड कर्णाली प्रदेशतर्फ अमरराज पुन, अमृतकुमार बुढाथोकी, बलबहादुर ओली, भारत घर्ती र कविराज कार्की छनोट हुनुभएको छ । सुदूरपश्चिम प्रदेशतर्फ भूपेन्द्र ओली, विनोद विष्ट, खडक रावल, लोकेश साउद र माधव अवस्थी छनोट हुनुभएको छ ।

अवार्ड छनोट समितिमा अध्यक्ष प्रदीपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटो पत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योति लाइफ इन्सोरेन्सका ब्राण्डिङ एण्ड कम्युनिकेशन प्रमुख मेघेन्द्र प्रकाश गिरी, प्राज्ञा वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारी र देशसञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनुभएको छ ।

संयोजक वन्तले देशभरिका फोटो पत्रकारहरूबाट प्राप्त आवेदन तथा उनीहरूले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानका आधारमा मनोनयन गरिएको जानकारी दिनुभयो । अवार्डको अन्तिम घोषणा यही वैशाख १३ गते शनिबार गरिँदैछ । कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ ।

कार्यक्रमकै अवसरमा जीवनभर फोटो पत्रकारितामा योगदान पुर्‍याएका एक जना अवकाश प्राप्त फोटो पत्रकारलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिने आयोजक संस्था एनएफपीजेका महासचिव घनश्याम श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो सम्मान फोटो पत्रकारहरूको श्रम, समर्पण र पेसागत योगदानको उच्च मूल्याङ्कन हो ।”