काठमाडौँ, बैशाख ९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को राष्ट्रिय परीक्षा सार्ने निर्णय गरेको छ । बोर्डले पर्सि वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा । शिक्षकहरूको आन्दोलनका कारण २१ गते आइतबारदेखि मात्र हुने गरी सार्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डले यस विषयमा आधिकारिक रूपमा सूचना प्रकाशनको तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि यस्तो तयारी भएको हो ।