काठमाडौँ, बैशाख ९ गते । सङ्घीय संसद्अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । आज विकास, आर्थिक मामिला तथा सुशासन, विधायन व्यवस्थापन र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।
जसअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । सो बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । साथै बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज दिउँसोे २ः३० बजे बस्ने भएको छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।