कैलाली, वैशाख ३ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले रु १५ करोड ४६ लाख ७४ हजार ११७ बराबरका पा्ययपुस्तक बिक्री गरेको छ । केन्द्रले नयाँ शैक्षिकसत्र २०८२ का लागि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक विक्रेतामार्फत उक्त मूल्यका पा्ययपुस्तक बिक्री गरेको हो ।
गत चैत १७ गतेबाट पा्ययपुस्तक बिक्री सुरु गरिएको र चैत मसान्तसम्म ११ लाख ३६ हजार ४१७ थान पा्ययपुस्तक बिक्री भएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामविनय श्रेष्ठले जानकारी दिनुभयो । प्रदेशमा चालु शैक्षिकसत्र २०८२ मा रु २५ करोड बराबरका १८ लाख १७ हजार थान पा्ययपुस्तक बिक्री गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाजुरामा एक लाख नौ हजार २९६ थान, दार्चुलामा ९५ हजार ८२६, बैतडीमा एक लाख ४२ हजार ६३३, बझाङमा एक लाख आठ हजार ५६० र अछाममा एक लाख २३ हजार ११६ थान पा्ययपुस्तक विक्री वितरण भएको छ ।
त्यसैगरी, डोटीमा एक लाख १५ हजार ६३ थान, डडेल्धुरामा ४७ हजार ७६४,कञ्चनपुरमा एक लाख ४७ हजार २३८ र कैलालीमा दुई लाख ४६ हजार ९२१ थान पा्ययपुस्तक बिक्री वितरण भएको उहाँले जानकारी दिनुभयो ।
प्रदेशका सात पहाडी जिल्लामा लगभग पा्ययपुस्तक पुगिसकेको र केही छुटपिट ठाउँमा अझै पा्ययपुस्तक गइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले सुरुमा पहाडी जिल्लामा पा्ययपुस्तक बिक्री वितरण गरेका थियौँ । कैलाली र कञ्चनपुरका बाँकी रहेका ठाउँमा पा्ययपुस्तक गइरहेको छ । भर्ना अभियानसँगै सबै जिल्लाका विद्यार्थीले पा्ययपुस्तक पाउनुहुन्छ ।” केन्द्रले गत शैक्षिकसत्र २०८१ मा रु २२ करोड ५७ लाख बराबरका पा्ययपुस्तक बिक्री गरेको जनाएको छ ।