काठमाडौँ, वैशाख १ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख र शान्तिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्ष विस २०८२को उपलक्ष्यमा दिनुभएको भिडियो सन्देशमा उहाँले नेपालीहरु एकआपसबीच द्वन्द्व नहोस् र परस्परमा हिंसाको दुखद मनस्थिति नबनोस् भन्नेमा आफू सधँै सचेत र संवेदनशील रहेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी उहाँले केही दिनअघि तीनकुनेमा भएको हिंसा, आगजनी, तोडफोड तथा प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति दुःख व्यक्त पनि गर्नुभएको छ ।