भादगाउँ, चैत ३१ गते । यहाँको प्रसिद्घ बिस्का जात्राको चौथो दिन आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिद्यः ९हात नभएको लिङ्गो० ठड्याइएको छ । त्यसैगरी आज साँझ यसीँख्यमा ५५ हात लामो योसिद्यः ठड्याइँदै छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने योसिद्यःकोे टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिन्छ ।
प्रत्येक वर्ष चैत्र मसान्तका दिन योसिद्यः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्राअन्तर्गत योसिद्यःको जात्रा सम्पन्न हुन्छ ।
योसिद्यःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ । जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ ।