काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरु भएको छ । शिक्षा ऐनको माग गर्दै यहि चैत २० गते बुधबार अर्थात् ९ दिनदेखि आन्दोलनरत शिक्षक महासङ्घ र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबीच आज साँझ ५ बजेदेखि सिंहदरबारमा वार्ता सुरु भएको हो ।
चैत २० गतेदेखि आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले २ पटकसम्म वार्तामा बोलाउँदा पनि नगएका शिक्षकहरुलाई बुधबार शिक्षा सचिव दीपक काफ्लेले विधेयकमा छलफल गर्न बोलाउनुभएको थियो ।
सोही बमोजिम शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा रहेका कतिपय विषयमा धारणा बुझ्न बोलाएका कारण आफूहरु वार्तामा जान लागेको शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताउनुभयो । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारका प्रतिनिधिहरुबिच छलफल भइरहेको छ ।