फाइल तस्वीर
काठमाडौँ, चैत २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आज बस्दैछ । बैठक आज बुधबार केन्द्रीय कार्यालय बनस्थलीमा अपराह्न ४ बजे बस्ने तय भएको हो ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको महाधिवेशन, जनयात्रालगायत बिषयमा छलफल हुने बताइएको छ ।