काठमाडौँ, चैत १९ गते । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागि हुन थाइल्याण्ड प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन आज मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम कार्यवाहकको जिम्मेवारी सिंहलाई तोक्नुभएको हो ।

Rastrapati