काठमाडौँ, चैत १९ गते । प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आज मङ्गलबारको बैठक केहीबेर ढिला गरी भर्खरैमात्र सुरु भएको हो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद् बैठक केहीबेर ढिलो भएको जानकारी गराउनुभएको छ ।

सभामुखको सचिवालयका अनुसार आज शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य हुनेछ ।