फाइल तस्वीर
काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाक्नुभएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आज साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्नुभएको हो ।

बैठकमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूलाई बोलाइएको उहाँको निजी सचिवालयले जनाएको छ । राजावादीहरूले हिंसात्मक प्रदर्शनपछि गणतन्त्र पक्षधर दलहरू पहिलोपटक एकै ठाउँमा भेला हुन लागेका छन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अस्ति शुक्रबार राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आज आइतबार साँझ सर्वदलीय बैठक बोलाउनुभएको हो ।