काठमाडौँ, चैत १५ गते । प्रहरीेले काठमाडौँको कोटेश्वरस्थित तीनकुनेमा हवाई फायर गरेको छ । राजावादीहरुले आयोजना गरेको प्रदर्शनले उग्ररुप लिन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।

त्यहाँस्थित एक घरमा लागेको आगो निभाउन गएको दमकलमाथि राजावादीका प्रदर्शनकारीहरुको जत्थाले ढुङ्गा हानेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो ।