फाइल तस्वीर

काठमाडौँ, चैत १५ गते । आज शुक्रबारका लागि तय भएको प्रतिनिधिसभाको स्थगित भएको छ । सङ्घीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा आज जारी सूचना अनुसार बैठक स्थगित भएको हो ।

 सचिवालयको सूचनामा विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम सभामुख देवराज घिमिरेले आगामी १७ गते बैठक बस्नेगरी आजको बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।