फाइल तस्वीर समाजवादी मोर्चाका शीर्ष नेताहरु
काठमाडौँ, चैत १५ गते ।
सङ्घीय राजधानी काठमाडौँमा आज गणतन्त्रवादीहरुको एउटा तप्का र राजावादीहरुले शक्ति प्रदर्शन गर्दैछन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।

यसैगरी गणतन्त्रको विरोध गर्दै राजावादीहरुले राजतन्त्रको पक्षमा वकालत गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा राख्ने र नेपाललाई हिन्दुराष्ट्र घोषण गर्ने भन्दै राजधानीको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।

मोर्चा र राजावादीहरुको कार्यक्रमले कुनै अप्रिय घटना नघटोस भन्ने अभिप्रायले सरकारले सुरक्षालाई विशेष ध्यानदिंदै मोर्चा र राजावादीहरुको कार्यक्रम स्थलमा कडा सुरक्षा व्यवस्था मिलाएको छ ।

दुई कार्यक्रमले राजधानी उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मोर्चा र राजावादीका कार्यक्रर्ताहरुको चलपहल बढ्दै गएको छ ।