फाइल तस्वीर
काठमाडौँ, चैत १५ गते । सङ्घीय संसद् अन्तर्गतको दुवै सदनहरुको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने भएको हो ।
आज शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भने राष्ट्रियसभाको बैठक दिउसो १:१५ बजे बस्नेछ । प्रतिनिधिसभा बैठकमा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयबाट जारी सूचनामा उल्लेख छ ।
त्यस्तै पूर्वाधार विकास समितिका माननीय सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।