काठमाडौँ, चैत १३ गते । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी रहेको हो ।
बैठकमा यहि चैत १५ गते शुक्रबार सङ्घीय राजधानी काठमाडौँको भृकुटीमण्डपमा गर्न लागिएको आन्दोलनको विषयमा साथै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेपछि उत्पन्न परिस्थितबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

सिंहदरबारमा जारी उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा.स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महिन्द्राराय यादव सहभागी हुनुहुन्छ ।