काठमाडौँ, चैत १२ गते । चितवनको भरतपुर–२९ स्थित चौधकिलोमा ट्रक दुर्घटना भएको छ । प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
घटनालगत्तै प्रहरी टोलीले चालक र सहचालकको उद्धार गरेर भरतपुर अस्पताल पुर्याए पनि चालक राम नारायण यादवको बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ । सहचालक सुन्द्र कुमार यादवको भने भरतपुर अस्पतालमा उपचार जारी रहेको प्रहरीले जनाएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको छ ।