काठमाडौँ, चैत १२ गते । सङ्घीय संसद्अन्तर्गत विभिन्न तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । आज मङ्गलबार अर्थ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समितिको बैठक सिंहदरबारमा बस्ने भएको हो ।
जसअन्तर्गत अर्थ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यसैगरी, सार्वजनिक लेखा समितिको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा हुलाकी, बिपी र अरनिको राजमार्गलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।