काठमाडौँ, चैत १० गते । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टीका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आइतबार दिउँसो १ बजे बस्ने तय भएको हो ।
आज बस्ने कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने बताइएको छ ।