फाइल तस्वीर
काठमाडौँ, चैत ८ गते । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रयास गरिने भएको छ । उक्त विधेयकलाई सहमतिमा टुङ्ग्याउन उक्त समितिले संसदीय उपसमिति गठन गर्न लागिएको हो ।
विद्यालय शिक्षा विधेयक डेढ वर्ष अघि (२०८० भदौ २७ मा) संसदमा दर्ताभएको थियो । सरकारले उक्त विधेयकलाई प्राथमिकतामा राखेता पाि कतिपय प्रावधानमा सहमति जुट्न नसकेपछि सहमति जुटाउन अहिले उपसमिति गठन गर्न लागिएको हो ।
सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले २०८० असोज २५ गते दफावार छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाएको थियो । शिक्षा समितिकी सदस्य एवम् सांसद सरिता भुसालले ‘विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएर यथाशक्य छिटो ल्याउन लागिरहेको कुराको जानकारी सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउनुभएको थियो ।
आज बिहान बसेको शिक्षा समितिको बैठकले उपसमिति गठनको तयारी गरेको छ । विद्यालय शिक्षा विधेयक १५२ जना सांसदले १ हजार ७५८ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसदहरूले विधेयकको प्रस्तावनादेखि नै संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।